×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिहीबारदेखि निष्कासनमा, कहाँ-कहाँबाट दिन पाईन्छ आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बिक्रीमा आउने भएको छ । कम्पनीको बिहीबारदेखि २९ दशमलव ३८ प्रतिशत हकप्रद सेयर विक्रीमा आउने भएको हो । कम्पनीले १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हकप्रद सेयर प्रयोजनको लागि गत वैशाख २९ गते बुक क्लोज गरेको थियो । जसकारण वैशाख २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
आवेदकले उक्त हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रहेको छ । सोही पूँजीको आधारमा २९ दशमलव ३८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासनपछि कम्पनीको पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: