×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

जुवा सिन्डिकेटमा संलग्न भएको आरोपमा आठ जना पक्राउ, ४ जना चिनियाँ नागरिक भएको खुलासा

BIZBAZAR
क्वालालम्पुर । जुवा सिन्डिकेटका संलग्न भएका पक्राउ परेकामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । जालान तुन रजाकमा चार कन्डोमिनियम इकाईमा छापा मारेपछि जुवा सिन्डिकेटमा संलग्न भएको आरोपमा आठ जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये छ जना महिला रहेको र दुई जना पुरुष रहेको खुलेको छ ।
क्वालालम्पुर सीआईडीका प्रमुख वरिष्ठ कमल सैफुल अनुवार युसुफले २१ देखि ३१ वर्षबीचका संदिग्धहरुलाई सोमबार पक्राउ परेको जानकारी दिएका छ्न । चारजना स्थानीय रहेको र अन्य दुई महिला र दुई पुरुष चीनबाट आएको बताएका छन् । उनले १७ वटा ल्यापटप, पाँच मोनिटर, सात सीपीयू, तीन कीबोर्ड र ५५ वटा मोबाइल फोन बरामद गरेकोसमेत सीआईडी प्रमुखले जानकारी दिएका छन् ।
यससँगै एटीएम कार्ड, मोडेम र नगदसमेत बराम गरिएको छ । उनीहरुको साथबाट बरामद गरिएको रकम गणना गर्न बाँकी रहेको बताइएको छ । जफत गरिएका सबै वस्तुहरू लगभग तीन लाख आरएमभन्दा बढी रहेको छ । एसएसी सैफुल अनुवारले प्रारम्भिक अनुसन्धानले सिन्डिकेटले अवैध अनलाइन जुवा र लगानी बढावा दिने काममा संलग्न रहेको पाइएको बताएका छन् । उनीहरु बसेको स्थान एक कल सेन्टरको रुपमा प्रयोग गरिएको र उक्त घरको भाडा मासिक १० हजार तिर्ने गरेको पाइएको छ ।
प्रत्येक श्रमिकलाई एक महिना तीन हजारदेखि तीन हजार पाँच सय सम्म दिने गरिएको छ । हामी पनि विश्वास गर्छौं कि सिंडिकेटले तीन्न लाखभन्दा बढी मासिक रूपमा नाफा कमाउने गरेको पाइन्छ । उनले जनतालाई गैरकानुनी रूपमा जूवा खेल्ने गतिविधिमा भाग नलिन पनि सम्झाएका छन् । उनले पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको र कडा कारबाही गरिने बताइएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal