
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी सेयरमा आज सोमबारसहित आवेदन भर्ने ३ दिन बाँकी रहेको छ । कम्पनीको सो सेयरमा असार १६ गतेसम्म आवेदन दिन सकिने भएको हो । अरुण ९ गतेदेखि ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।
कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीबाट बिक्री खुला गरेको हो । यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
यस लिलालीमा लगानीकर्ताले बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र बुझाउन पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्