Skip to content
LAXMI SUNRISE BANK

९ गतेदेखि अरुण भ्याली हाइड्रोपावरले ४ लाख ३५ हजार ८९४ कित्ता कित्ता सेयर लिलामीमा ल्याउँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले असार ९ गतेदेखि ४ लाख ३५ हजार बढी कित्ता सेयर लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । कम्पनीले गत वैशाख ६ देखि जेठ २ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो ।
यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार १६ गते तोकिएको छ ।
यस लिलालीमा लगानीकर्ताले बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र बुझाउन पाउनेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK