×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपडेट : बाढीपछी सम्पर्कविहीन भएका बैंकका कर्मचारी सम्पर्कमा आए, सबै बैंकर सुरक्षित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अपडेट : बाढीपछी सम्पर्कविहीन भएका बैंकका कर्मचारी सम्पर्कमा आए, सबै बैंकर सुरक्षित !

Artha Sarokar

३ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

मनाङ । मनाङ जिल्लामा बाढी पहिरो आउँदा सयौं घर डुबानमा परेसंगै दुई बैंकका शाखा कार्यालय बगाएपछि सम्पर्कविहीन भएका बैंकर सम्पर्कमा आएका छन् । मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीमा पानीको वाहव बढ्दा प्राइम कमर्सियल बैंक र प्रभु बैंकको शाखा कार्यालय बगाएको थियो भने एक बैंकर सम्पर्कविहीन भएका थिए । उनी अहिले सम्पर्कमा आइसकेको र अन्य बैंकरहरु पनि सुरक्षित रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी अधिकारीका अनुसार दुई बैंकका शाखा रहेको घर बगाउँदा सम्पर्कविहीन भएका बैंकका कर्मचारी अहिले सुरक्षित छन् । सम्बन्धित बैंकको केन्द्रीय कार्यालयसँग पनि नीज बैंकर सम्पर्कमै रहेको बताइएको छ ।

यद्यपी बैंकमा रहेका सबैजसो समान भने बाढीले बगाएको छ । २ बैंकका शाखा बाढीले बगाउँदा लाखौँको क्षति त भएको छ ।

प्रतिकात्मक तस्विर 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी