
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषले एक सुचना जारी २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचिकृत हुनका लागि नीजि तथा संगठित संस्थाहरुलाई आग्रह गरेको थियो । तर सरकारको नीति नियम अनुरुप व्यवसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीहरुलाई उनीहरुको खाईपाई आएका सेवासुविधाहरु कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आकर्षक हुनेगरी योजना नल्याई षड्यन्त्रमूलक र दुरासयपूर्ण किसिमले कर्मचारीहरुलाई मर्का पर्ने किसिमले सामाजिक सुरक्षा योजनामा लान खोजिएकोले आफुहरु बिरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताउनुभयो । कोभिड महामारीको कारणले बैक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो बेला कोषमा सूचिकृत हुन नसकिने संघले जनाएको छ । विद्यमान व्यवस्थाहरु परिमार्जन गर्नुपर्ने संघको ठम्याई रहेको अध्यक्ष रेग्मीले बताउनु भयो ।
सामाजिक सुरक्षा कोषमा जर्बजस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले बताउनुभयो ।बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका कर्मचारीका परिवारका सदस्यहरुलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्