×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको नयाँ मोडल लागु, दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढ्यो (भिडियो रिपोर्ट)

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल लागु भएको छ । परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिईएको थियो ।
असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो । ९ बजेसम्म पसल खोल्न दिदाँ उपभोक्तालाई सामग्रीहरु पु¥याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशी बताउनुभयो । सरकारले परिस्थितिको मुल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उहाँले बताउनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरेपनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउनुहुन्छ । हार्डवेयर र पुस्तक पसल खुल्दा पनि सहज भएको उहाँले बताउनुभयो । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि उहाँले आग्रह गर्नुभयो । काठमाडौं उपत्यकामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal