×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिको निशानामा औद्योगिक पूर्व सैन्य प्रमुख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रपतिको निशानामा औद्योगिक पूर्व सैन्य प्रमुख

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिंग । चिनियाँ राष्ट्रपतिको निशानामा औद्योगिक पूर्व सैन्य प्रमुखहरु परेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिंगले आफ्नो भ्रष्टाचार विरोधी अभियान अन्तर्गत देशको आणविक कार्यक्रम र विमानवाहक विकासमा संलग्न लगायत देशका सैन्य औद्योगिक परिसरमा रहेका पूर्व तथा बैठक अधिकारीहरूलाई निशाना बनाइरहेका छन् । राष्ट्पति सीलाई भ्रष्टाचार नियन्त्रण गर्नका लागि आक्रामक कदम चालेको चिनियाँ सञ्चारमाध्यमहरुले बताइरहेका छन् ।
तर केही टिप्पणीकारहरुले राष्ट्रपति सीले आफ्ना विरोध गर्ने र सैन्य संरचनाको विषयमा टिप्पणी गर्नेहरुलाई भ्रष्टाचार अभियोग लगाउने र कारबाही गर्ने अभियान चलाइरहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सीले गत वर्ष करिब २०० राजनीतिज्ञहरुलाई भ्रष्टाचार अभियोग लगाउँदै कारबाही गरेका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीका २०० उच्च अधिकारीलाई भ्रष्टाचार अभियोग लगाएका हुन् । उनीहरुले राष्ट्रपति सीको कार्यशैलीमाथि प्रश्न उठाउने र गलत निर्णयको विरोध गर्ने गरेका थिए ।
तर, राजनीतिज्ञहरुले राष्ट्रपति सीले आफ्नो राजनीतिक शत्रु ठानेर निशाना बनाएको अनावश्यक भ्रष्टाचारको आरोप लगाएको बताएका छन् । विश्वभरबाट आलोचना खेपिरहेका राष्ट्रपति सीले आन्तरिकरुपमा पनि विवाद सिर्जना गर्दै आफ्ना विरोधीहरुलाई तह लगाउन थालेका हुन् । यसअघि राष्ट्रपति सीले सिन्जिांगमा मानवअधिकार उल्लंघन गरेको र नरसंहार गरिरहेको आरोप लगाइरहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी