
बेइजिंग । के चिनियाँहरू मर्दैछन् ? चिनियाँ राष्ट्रपति सी जिनपिंगले यस वर्ष हेर्न र पढ्न नचाहेको समाचार शीर्षक हो यो । चिनियाँ कम्युजिम्ले शताब्दीमा नै सबैभन्दा ठूलो उपलब्धि गरेको भन्दै खुसी मनाइरहेका राष्ट्रपति सीलाई गलत कुराहरुको उजागर भएको मन पराउँदैनन् ।
बेइजिंगको सीचेंग जील्लामा रहेको राष्ट्रिय ब्युरो अफ स्टाटिक्स (एनबीएस) पनि बौद्धिक बन्दाबन्दीमा भएको देखिने कुराले केही अचम्मित परेको छ । सन् २०२० को तथ्यांक अनुसार चीनको जनगणना केही करिब ६ दशकयताकै सबैभन्दा गिरावट भएको पाइएको छ । एनबीएसले चीनको जनगणनाको नतिजा सन् २०२० को डिसेम्बरमा सार्वजनिक गर्ने भनिए पनि हालसम्म पनि सार्वजनिक गरेको छैन ।
सरकारले जनसंख्याको वास्तविक आँकडा सार्वजनिक गर्दा थप आक्रोश र आलोचना बढ्ने चिन्ताका कारण तथ्यांक सार्वजनिक गरेको छैन । एनबीएसले यसरी तथ्यांकलाई सार्वजनिक नगरि लुकाएर राख्दा थप समस्याहरु उत्पन्न हुनसक्ने जनाइएको छ । तर एनबीएसले भने यो वास्तविकतालाई ढाकछोप नै गरिरहेको छ । बेरोजगार र कम रोजगार भएकाहरुको वास्तविक तथ्याङ्क सरकार सुन्न चाहँदैन ।
सरकारले वास्तविक तथ्यांकलाई जति लुकाउन खोजे पनि दैनिक कामहरु र सरकारी कर्मचारीहरुको अवकाशले पनि त्यसलाई उजागर गरेको छ । जनसंख्या वृद्धि नभएका कारण सरकारले अवकाशको समयमावधि बढाउने योजना बनाएको छ । यसले गर्दा उमेरहद पुगेर अवकाश लिनेहरु भने आक्रोशित बनेका छन् । उनीहरुले सरकारलाई नै चुनौती दिने काम गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्