Skip to content
LAXMI SUNRISE BANK

२०३ वटा व्यापारिक फर्मको बजार अनुगमन गर्दा ९७ व्यापारिक फर्म कारवाहीमा, १४ लाख रुपैयाँ जरिवाना

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेधाज्ञा अवधिमा २०३ वटा व्यापारिक फर्मको बजार अनुगमन गरेको छ । विभागले वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्म २०३ वटा व्यापारिक फर्मको बजार अनुगमन गरेको हो । ती मध्ये ९७ व्यापारिक फर्महरु कारवाहीमा परेका छन् ।
यस्तै ती फर्मलाई१३ लाख ९६ हजार रुपैयाँ जरिवाना गरेको छ भने ३० हजार १५० मूल्य बराबरको म्याद समाप्त भएका खाद्यान्न वस्तु नष्ट गरेको छ । निषेधाज्ञाको अवधिमा विशेषगरी खाद्यान्न र स्वास्थलाई प्राथकितामा राखेर अनुगमन गरेको विभागले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK