×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार ३ गतेदेखि फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर लिलामीमा आउने !

GLOBAL IME BANK

असार ३ गतेदेखि फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर लिलामीमा आउने !

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामीमा बिक्री हुने भएको छ । संस्थाले असार ३ गतेदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।
उक्त सेयरमा व्यक्ति तथा संस्थाले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने सेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: