×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

भारत सरकारले कोरोना महामारीमा अभिभावक गुमाएकाहरुलाई निःशुल्क पढाउने

BIZBAZAR
नयाँ दिल्ली । भारत सरकारले कोरोना महामारीका कारण दुबै आमाबुबा गुमाएका बच्चाहरूलाई सहयोग गर्ने घोषणा गरेको छन् । सरकारले उनीहरुलाई निःशुल्क शिक्षा र स्वास्थ्य बीमा प्रदान गर्ने घोषणा गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले प्रधानमन्त्री केयर कोष प्रयोग गरि प्रति बच्चा १० लाख रुपैयाँ उपलब्ध गराइने जनाइएको छ ।
बच्चाहरू सरकारको स्वास्थ्य बीमा कार्यक्रममा नामाकरण गरिनेछ र प्रिमियम पीएम केयर कोष मार्फत भुक्तान गरिनेसमेत जनाइएको छ । सरकारले उक्त कोषबाट उनीहरुको विद्यालयको शुल्क, पोसाक, पुस्तकहरू जस्ता विद्यालयमा आवश्यक पर्ने सबै कुराहरुको भुक्तानी गर्ने भएको हो । उनीहरु २३ वर्ष पुगेपछि मासिक भत्ता रुवरुप निश्चित रकम पनि उपलब्ध गराउने जनाइएको छ ।
विश्वकै सबैभन्दा बढी प्रभावित गरेपछि कोरोना महामारीबाट परिवारका सदस्य गुमाएर असहाय र टुहुरा भएका बालबालिकाहरुलाई सरकारले यसरी सहयोग गर्न लागेको हो । भारतमा कुल जनसंख्याको करिब २७ प्रतिशत १४ वर्ष मुनिका बालबालिका रहेका छन् । एक अध्ययनका अनुसार महामारीको समयमा करिब तीन लाख ५० हजार बालबालिकाहरु विभिन्न असहायकेन्द्रमा रहेका बताइएको छ ।
सरकारले परिवारका अन्य सदस्य गुमाएका तथा कमाउने सदस्य गुमाएका परिवारलाई पनि सहयोगको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार भारतमा २७.९ मिलियनमा कोरोना संक्रमण देखिएको छ भने तीन लाख २५ हजारभन्दा बढीको संक्रमणकै कारण मृत्यु भएको छ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal