
नयाँ दिल्ली । भारत सरकारले कोरोना महामारीका कारण दुबै आमाबुबा गुमाएका बच्चाहरूलाई सहयोग गर्ने घोषणा गरेको छन् । सरकारले उनीहरुलाई निःशुल्क शिक्षा र स्वास्थ्य बीमा प्रदान गर्ने घोषणा गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले प्रधानमन्त्री केयर कोष प्रयोग गरि प्रति बच्चा १० लाख रुपैयाँ उपलब्ध गराइने जनाइएको छ ।
बच्चाहरू सरकारको स्वास्थ्य बीमा कार्यक्रममा नामाकरण गरिनेछ र प्रिमियम पीएम केयर कोष मार्फत भुक्तान गरिनेसमेत जनाइएको छ । सरकारले उक्त कोषबाट उनीहरुको विद्यालयको शुल्क, पोसाक, पुस्तकहरू जस्ता विद्यालयमा आवश्यक पर्ने सबै कुराहरुको भुक्तानी गर्ने भएको हो । उनीहरु २३ वर्ष पुगेपछि मासिक भत्ता रुवरुप निश्चित रकम पनि उपलब्ध गराउने जनाइएको छ ।
विश्वकै सबैभन्दा बढी प्रभावित गरेपछि कोरोना महामारीबाट परिवारका सदस्य गुमाएर असहाय र टुहुरा भएका बालबालिकाहरुलाई सरकारले यसरी सहयोग गर्न लागेको हो । भारतमा कुल जनसंख्याको करिब २७ प्रतिशत १४ वर्ष मुनिका बालबालिका रहेका छन् । एक अध्ययनका अनुसार महामारीको समयमा करिब तीन लाख ५० हजार बालबालिकाहरु विभिन्न असहायकेन्द्रमा रहेका बताइएको छ ।
सरकारले परिवारका अन्य सदस्य गुमाएका तथा कमाउने सदस्य गुमाएका परिवारलाई पनि सहयोगको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार भारतमा २७.९ मिलियनमा कोरोना संक्रमण देखिएको छ भने तीन लाख २५ हजारभन्दा बढीको संक्रमणकै कारण मृत्यु भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्