×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपालको स्थगित तेस्रो वार्षिक साधारणसभा असार २१ गते, यस्ता छन् पेस गरिने एजेन्डाहरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको स्थगित तेस्रो वार्षिक साधारणसभा असार २१ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसारमा बिहान ११ बजे हुने भएको हो । 
सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नेछ । आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।  
सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: