Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको सुनसहित सिरहाको गोलबजारबाट २ जना पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्रोत नखुलेको सुनसहित सिरहाको गोलबजारबाट २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको टोलीले लक्ष्मीपुरपतारी गाउँपालिका–४ का जीवछकुमार मण्डल र मोहम्मद साउद्दिन खानलाई दुई सय ग्राम सुनसहित पक्राउ गरेको हो ।
प्रहरीलाई देखेपछि झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा सुन फेला परेको हो । बरामद सुन जिल्ला भन्सार कार्यालय खैरटोकामा बुधबार बुझाइएको छ । 
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK