- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १२ सयले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ८ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १९ रुपैयाँ कायम गरेको छ ।