- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य घटेको छ । बुघबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ११ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।