×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाढीले कास्कीको सिक्लेस हाइड्रोपावरसहितका चार जलविद्युत् आयोजना कम्पनीमा क्षति, यस्तो छ क्षतिको विवरण !

कास्की। केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो ।
बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेका अन्य तीन आयोजनामा आंशिक क्षति पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आयोजना सम्पन्न भएर हाल सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर, १२ मेगावाट क्षमताको हिमालयन हाइड्रो(नार्माजुङ) र २५ मेगावाट क्षमताको अपर मादीमा क्षति पुग्दा विद्युत् उत्पादन अहिले बन्द भएको छ ।
अपर मादीको बाँध पुरिएको र विद्यृत् गृहमा बाढीले क्षति पु¥याएको अध्यक्ष गुरुङले जानकारी दिए । पहिरोले सिक्लेस हाइड्रको प्रशारण लाइन बगाएको छ भने विद्युत् गृह पनि जोखिममा रहेको छ । आगामी वर्ष विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको सुपर मादी आयोजना बाढीले सबैभन्दा बढी प्रभावित बनेको छ । आयोजनामा काम गर्ने १७० जना मजदूरलाई भने स्थानीयवासी, नेपाली सेनालगायतको पहलमा आज बिहान उद्धार गरी विद्यालयलगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सात अर्ब ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट एक अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । उनका अनुसार इलेक्ट्रो मेकानिकलतर्फ ३० करोड, हाइड्रो मेकानिकल १२ देखि १५ करोड, सिभिल कन्ट्रयाक्टरको निर्माण सामग्री, डन्डी, फलामसहित २० करोड, प्लान्ट र उपकरणमा २० करोड र सिभिल संरचनामा २० करोड गरी एक अर्ब हाराहारीमा क्षति पुगेको छ ।
यसैगरी आयोजनाको सुरुङबाहेक बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र अन्य सिभिल संरचनाहरु बाढीले बगाएको छ । आयोजनास्थलमा रहेकका चार वटा एक्साभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, छ वटा कम्प्रेसर, अन्दाजी ४५० टन डण्डी र १० हजार बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ । हाल आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएकामा बाढीका कारणले पुगेको क्षतिबाट आयोजना थप एक वर्ष लम्बिने र लागत बढ्ने अनुमान गरिएको उनले बताए । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: