×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना महामारीकाबीच सडकदेखि आर्थिक पुनर्रुत्थान गर्दै भारत, कुल गार्हस्थ उत्पादन ११ प्रतिशत हुने प्रक्षेपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना महामारीकाबीच सडकदेखि आर्थिक पुनर्रुत्थान गर्दै भारत, कुल गार्हस्थ उत्पादन ११ प्रतिशत हुने प्रक्षेपण

Artha Sarokar

२३ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । सन् २०२१ मा एस एन्ड पी को विश्वव्यापी रेटिंगले भारतको कुल गार्हस्थ उत्पादन ११ प्रतिशत हुने प्रक्षेपण गर्यो । यस आर्थिक वर्षमा सामान्यतया हेर्दा मुलुकको कुल गार्हस्थ उत्पादन ११ प्रतिशतले वृद्धि हुने देखिएको थियो । गत महिना सामग्री तथा सेवा करको ब्यारोमिटर हेर्दा १.४१ ट्रिलियन भारतीय रुपैयाँ पुगेको थियो । यो राजस्वा हालसम्मकै उच्च भएको बताइएको छ । पछिल्लो सात महिनामा एक ट्रिलियन राजस्व संकलन हुन सकेको थिएन ।
गत महिनाको राजस्व संकलन गत वर्षको यही अवधिको भन्दा पनि बढी भएको जनाइएको छ । भारतको अन्तर्राष्ट्रिय व्यापार मार्चमा ३४ बिलियन अमेरिकी डलर पुगेको छ । यो हालसम्मकै सबैभन्दा बढी हो । अप्रिलमा ३० बिलियन अमेरिकी डलरभन्दा बढी नै थियो । धेरै छोटो अवधिमा आर्थिक गतिविधिहरु अटो बिक्री, बिजुली उपभोग, राजस्व संकलनलाई हेर्दा सन् २०२० को भन्दा यस वर्ष आर्थिक पुनर्रुत्थान निकै राम्रो हुने जनाइएको छ । तर कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि आर्थिक गतिविधिहरु प्रभावित भएका छन् ।
भारतमा अप्रिल १ मा ८१ हजार कोरोना संक्रमित फेला परेका थिए भने अप्रिल ३० मा ४ लाख २ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका थिए । कोरोना संक्रमण निकै तीव्ररुपमा वृद्धि भएपछि भारतको स्वास्थ्य प्रणाली नै अप्ठ्यारो परेको थियो । कारोना संक्रमणको अवस्था बढ्दै जाँदा सरकारले पनि प्रतिबन्धात्मक नियमहरु बढाउँदै लग्यो भने आर्थिक गतिविधिहरु प्रभावित हुँदै गए । तर, पनि सरकारले मापदण्डको पालना गर्दै सडकदेखि अन्य निमार्ण कार्यहरु र अन्य आर्थिक गतिविधिहरुलाई सुचारु गर्ने प्रयास गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी