
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । जसले मध्यम जोखिम जनाउने रेटिङ जनाउँछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ जारी गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा पनि नियुक्त गरिसकेको छ । इमर्जिङले आइपीओ निष्कासन गर्न यसअघि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । तर लामो समयसम्म आवश्यक कागजपत्रहरु उपलब्ध नगराएपछि बोर्डले आवेदन रद्द गरेको थियो ।
अब इमर्जिङले आवश्यक कागज पुर्याएर पुनः आइपीओ जारी गर्ने अनुमति माग्नुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्