बसुन्धारास्थित जानकी सिलाई उद्योगमा आगलागी, एक करोड ५० लाख बराबरको क्षति

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित जानकी सिलाई उद्योगमा आगलागी भएको छ । बुढानिलकण्ठ नगरपालिका १० बालुवाखानी घर भएका ४३ वर्षीय चन्द्र कटुवालको उक्त उद्योगमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal