×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

भोलिदेखि जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री खुला हुने, १० कित्तादेखि भर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भोलि असार ११ गतेदेखि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री खुल्ला गर्ने भएको हो । जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यता सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा असार ११ गतेदेखि छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार २५ गते आवेदन दिन सकिनेछ भने न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: