×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

विकास निमार्णको काम अलपत्र हुँदा डुबानको जोखिम बढ्यो, स्थानीयवासी त्रसित

BIZBAZAR
कैलाली । कैलालीको टीकापुर बजार क्षेत्रमा तीन ठूला आयोजनाको काम चलिरहेको छ तर कोरोना महामारीका कारण भएको निषेधाज्ञापश्चात जमरा पुलबाट टीकापुर बसपार्कसम्मको काम थोरै कामदार लगाएर काम भइरहेको छ । अन्य ब्लक नं ‘ए’अन्तर्गतको सडक निर्माणको काम र ढल निकासका लागि शुरु भएको काम पूर्णरूपमा बन्द छ । बर्सातको समयमा आयोजनाको काम अलपत्र हुँदा बजार क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै स्थानीयवासी व्यापारी त्रसित बनेका छन् ।
एकातिर पुराना घर सडकको उचाइ बढ्दा सडकभन्दा तल झरेका छन् भने अर्कोतिर भएका नाली पनि अलपत्र छन् । आकाशको पानीको निकास कतै छैन । स्थानीयवासी व्यापारी हेमन्त रावलले उचित ढल निकासको व्यवस्थापन नहुँदा बर्सेनि डुबानमा पर्ने टीकापुर यस वर्ष झनै जोखिममा रहेको बताउनुभएको छ । ‘आकाशको पानीको निकास कतै छैन । अलिअलि निकास भएको क्षेत्र पनि अहिले भइरहेको विकासका कामले अवरुद्ध बनाइसकेको छ’, रावलले भन्नुभयो, ‘हामी एकदमै त्रासमा छौँ । एक/दुई दिनको झरीमा त डुबान हुन थालिसक्यो, बर्सातको समय कसरी बिताउने होला ?’
लामो समयदेखि कपडाको व्यापार गर्दै आउनुभएका वासुदेव पौडेलले सबैतिरबाट नाला बन्द हुँदा पसलको अगाडिबाट आवतजावत गर्नै समस्या हुन थालेको बताउनुभयो । उहाँले निर्माण कम्पनीको कमजोरीका कारण व्यापारीहरूले सास्ती खेप्नुपरेको बताउनुभयो । ‘बजार क्षेत्रको समस्या अहिलेको मात्रै होइन, पहिला पनि कैयौँपटक लाखौँको क्षति व्यापारीहरूले बेहोर्नुपरेको छ’, पौडेलले भन्नुभयो, ‘निर्माण कम्पनी र नगरपालिकाले पानीको निकासका लागि समयमै सोच्नुपर्ने देखिन्छ । यस्तै अवस्था रहे व्यापारीलाई निकै समस्या हुनसक्छ ।’
मुख्य बजार क्षेत्रमा निर्माणको काम गर्दै आएको महालक्ष्मी एमके जेभीका निर्देशक चक्रबहादुर शाहले आयोजनाको डिजाइन नै परिवर्तन भएका कारण काम रोकिएको बताउँदै तत्काल काम अगाडि बढ्न सक्ने कुनै सम्भावना नभएको बताउनुभएको छ । ‘हामीले काम गर्दै जाँदा आयोजनाको डिजाइन परिवर्तन भयो, त्यसपछि काम रोक्नुपरेको हो’, निर्देशक शाहले भन्नुभयो, ‘आयोजनाको नयाँ डिजाइन विभागबाट पास भएर आएपछि तुरुन्तै काम सुरु हुन्छ ।’
उता छ लेन सडकको कामको जिम्मा पाएको रेखा निर्माण सेवाका इञ्जीनियर गगन शाहीले कोरोनाका कारण भएको निषेधाज्ञाले काममा प्रभाव पारेको भन्दै बर्सातको पानी निकासका लागि भए पनि काम भइरहेको बताउनुभएको छ । ‘जेठ मसान्तसम्म सडकको बीचको भाग कालोपत्र गरिसक्ने हाम्रो लक्ष्य थियो, कोरोनाले त्यो सफल हुन दिएन’,इञ्जीनियर शाहीले भन्नुभयो, ‘सकेजतिको काम गर्दै आएका छौँ । विद्युत् पोल हाम्रा लागि ठूलो बाधक बन्दै आएको छ ।’
त्यस्तै बृहत् ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाको काम पनि प्रभावित भएको छ । टुँडी कन्स्ट्रक्सनले कामको जिम्मा पाए पनि काम सुरु भएको केही महिनामै भएको निषेधाज्ञाले मलमूत्र व्यवस्थापनको काम केही मात्रामा भए पनि नालीको काम काम अगाडि बढ्न नसक्दा समस्या देखिएको हो । निर्माण कम्पनीले केही भाग नाली खनेको छ भने नाली खनेको ठाउँबाटै पहिले पनि पानी आपूर्ति हुने र अहिले पानी आपूर्तिमा समस्या हुने भएपछि स्थानीयवासी त्रसित छन् । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal