×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

देशका समस्याका समाधान हुन नसक्नुमा प्रधानमन्त्री खान नै दोषी भएको बिलवाल भुट्टोको आरोप

SAGARMATHA CEMENTS
कराची । पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) अध्यक्ष बिलावल भुट्टो जरदारीले प्रधानमन्त्री इमरान खान सुनामीको मूल्य हरेका पाकिस्तानीले चुकाउनु परेको बताएका छन् । सोमबार प्रधानमन्त्री इमरान खानको निन्दा गर्दै उनले देशका विभिन्न समस्याका समाधान हुन नसक्नुमा प्रधानमन्त्री खान नै दोषी भएको आरोप लगाएका छन् ।
एक वक्तव्य जारी गर्दै बिलावलले प्रधानमन्त्री खानलाई देशको विकट आर्थिक स्थितिका लागि जिम्मेवार ठहराएका छन् भने हरेक पाकिस्तानी इमरान खानको परिवर्तन सुनामीको मूल्य तिरिरहेको बताएक हुन् । प्रधानमन्त्री इमरान खानको साउदी अरब यात्राको बारेमा बोल्दै बिलावलले भने, यो दुर्भाग्यपूर्ण छ कि उही प्रधानमन्त्रीले अरू देशबाट ऋण लिन नहुने कुरा गर्थे र अहिले भिख माग्ने कचौरा संसारमा बोकेर हिँडिरहेका छन् ।
प्रधाननमन्त्री खानलाई चन्दा संकलनको राम्रो अनुभव भएकाले अहिले विभिन्न मुलुकमा गएर भिख मागिरहेको उनले आरोप लगाएका छन् । बिलावलले प्रधानमन्त्रीले साउदी अरेबियाको ऋण चुक्ता गनए चीनबाट घ बिलियन अमेरिकी डलर ऋण लिएको र वर्तमान सरकारको अयोग्य आर्थिक नीतिले सर्वसाधारणको जीवन ज्यादै कठिन बनाएको बताएका छन् ।
ऋणबाट हामीले प्राप्त गरेको पैसा भ्रष्टाचारमा खेर गयो भने आम आदमीले मुद्रास्फीतिको बोझ सहनुपरिरहेको उनको आरोप छ । बिलावलले सरकारले चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) का लागि पनि भुक्तानी फिर्ता गर्न नसक्ने र उनले भने कि एमएल १ परियोजनाका लागि लगानी गर्न चीन हिचकिचाइरहेको जनाइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal