×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाङ्पा फाउण्डेशनद्धारा धुलिखेलका अस्पतालहरुलाई ५ करोड १२ लाख ८० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत अन्य ठूला चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला सङ्क्रमितको उपचारमा थप सहयोग प्रदान गर्नका लागि साङ्घाई जेड बुद्ध मन्दिर (चाइना), साङ्घाई जु क्वान कल्चर एण्ड एजुकेशनल फाउण्डेशन (चाइना) र तन ङक बुय एण्ड की मेङ्कलङ फाउण्डेशन (सिङ्गापुर)को सहयोगमा साङ्घाई फाउण्डेशन नेपालद्वारा धुलिखेल अस्पताललगायत अन्य अस्पताललाई सो सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोना सङ्क्रमणको कठिन समयमा नेपाली जनताको जीवन बचाउनका लागि शाङ्पा फाउण्डेशन नेपालको सक्रियतामा आवश्यक स्वास्थ्य सामग्री सहयोग पुर्याएको फाउण्डेशनले जनाएको छ । उपलब्ध सामग्रीमा ५०० थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार थान डिस्पोजेबल अक्सिजन मास्क, २३ हजार ४७५ थान एन-९९ र एन-९५ मास्क, १२ हजार थान ग्लोब्स, दुई हजार १८० गगल्स, ८ हजार ३९८ किटनाशक बोतल र एक हजार २०० थान पिपिइ सेट रहेको छ ।
बेइजिङस्थित नेपाली राजदूतावास, साङ्घाईस्थित नेपालको वाणिज्य दूतावास र धुलिखेल अस्पतालको समन्वयमा ती सामग्री प्राप्त भएको शाङ्पा फाउण्डेशनका अध्यक्ष शाङ्पा रिन्पोछेले बताउनुभयो । यस्तो परिस्थितिमा परोपकारी सहयोगका लागि सहयोगी दातालाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगबाट मात्रै अपरिहार्य सहायता र चिकित्सा आपूर्तिको समयमा नै वितरण सम्भव हुने उहाँले बताउनुभयो । यसअघि पनि सो संस्थाले विसं २०७२ को विनाशकारी भूकम्प र कोभिड-१९ को पहिलो लहरमा पनि मानवीय सेवाका कार्यमा सक्रिय भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष रिनेपोछेले बताउनुभयो ।
सहयोग हस्तान्तरणका लागि फाउण्डेशनका निर्देशक प्रकाश भट्ट र प्रतिनिधि खेन्पो टासीको उपस्थितिमा धुलिखेल अस्पताल पुगेर हस्तान्तरण गरिएको हो । सोही क्रममा प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । यसरी ठूला ४ अस्पतालमा गरी फाउण्डेशनले ५ करोड १२ लाख ८० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ । नेपालमा शाङ्पा फाउण्डेशन नेपालले सन् २००६ देखि निरन्तर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: