Skip to content
LAXMI SUNRISE BANK

आर्थिक सुविधा नपाएको गुनासोपछि खेलाडीहरुको सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार ओलम्पिक डे २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासोहरु आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुनेगरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराउनुभयो । 
उहाँले भन्नुभयो – ‘खेलकुदको विकासको लागि पूर्वाधार पहिलो शर्त हो । खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ । म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहान्छु । र फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलहरु नियमित प्रशिक्षण पनि नभएको चर्चाहरु चल्ने गरेको छ । सबैखाले राष्ट्रिय खेलको नियमित प्रशिक्षण गर्न पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्न चाहान्छु ।’
उपराष्ट्रपति पुनले ओलम्पिक खेलको विकासका लागि दिर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । दिर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘ओलम्पिक यात्राका लागि हामीले दिर्घकालीन योजनाहरु बनाउनुपर्दछ । कतिऔँ ओलम्पिक सम्म पुग्दा हाम्रा खेलाडीहरुले समुह चरण पार गरेर ओलम्पिकमा पुग्ने हो र कतिऔँ ओलम्पिकसम्ममा हामीले पदक जित्ने लक्ष्य राख्ने हो सरकार, ओलम्पिक कमिटी र सम्बद्ध सबै पक्षले दिर्घकालनीन योजना बनाएर लगानी गर्नुपर्छ ।’
नेपाल ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताउनुभयो । उहाँले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण भुमिका हुने पनि बताउनुभयो । हेर्नुहोस् भिडियो: 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK