×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

कोहलपुरको सिर्जना समुदायिक वनमा ४ हजार कागतीका विरुवा रोपियो, आर्थिक स्रोत बढ्ने विश्वास (भिडियो रिपोर्ट)

BIZBAZAR
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
कोहोलपुर । सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोलास्थित सृजना समुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपेको छ । सृजना समुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर निर्माण गरेको छ । 
जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्प लगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाईने विरुवाहरु पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठुला रुखहरुलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना समुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताउनु भयो ।
गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा वैकल्पिक आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपाई गरेको समितिका सदस्य महेन्द्र प्रसाद पौडेलले बताउनुभयो । कोहलपुर नगरपालिकाले हाल सम्म ६, ९ र १३ नम्वर वडाहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा निर्माण गरिसकेको छ । यसै आर्थिक वर्ष देखि नगरपालिकाले नगर प्रमुख विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ । 
नगरपालिकाले नगरमा भएका किसानहरुलाई कृषि र वैकल्पिक आयबारे नि: शुल्क परामर्श दिइरहेको छ । नगरपालिकाले नगरबासीहरुलाई फलफुलका विरुवा समेत वितरण गर्दै आएको कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्द लाल बुढाले बताउनुभयो । चालु आर्थिक बर्ष २०७६/७७ मा सिर्जना समुदायिक वन उपभोक्ता समितिलाई छनोट गरि लागतको ५० प्रतिशत अनुदान र ४ हजार कागती उपलब्ध गराईएको छ । जसमा सुन कागती र कलम कागती रहेका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal