×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युवाहरुलाई विदेश जानबाट रोक्न कृषिमा क्रान्ति ल्याउनुपर्नेमा कृषिमन्त्रीको जोड, के साँच्चै होला त कृषिमा क्रान्ति ? (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । 
उहाँले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताउनुभयो । भुउपयोग नीति लागु गर्दा खेतियोग्य भुमि शहरीकरण हुन रोकिने बताउनुभयो । मन्त्री साहले किसानलाई सुचिकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो किसानहरुको सुचिकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारत्ः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने । त्यो कहिलेसम्म मिलाउन सकिने हो । हामी सबै चिन्तित छौँ र मेहनतको साथअघि बढीरहेको अवस्था छ । चुनौती पनि उत्तिकै छ । भुउपयोगको नीति नीतिगत रुपमा लागु भएको छ । भुउपयोग नीति सायद कृषिकै हितमा पनि हुनेछ । आम किसानकै हितमा हुनेछ भन्ने मलाई विश्वास छ । भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर जाने हो भने सायद जग्गाहरु खण्डीकरण गरेर शहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ । यसलाई व्यवहारत्ः कडाइका साथ भुउपयोग नीति सँगसँगै कृषिमा जोड दिन अगाडी बढ्नु जरुरी छ ।’
मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्ने बताउनुभयो । कृषि क्रान्तिको लागि कुनै कसर बाँकी राख्नुनहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘लाखौँ युवाहरु जो बेरोजगार भएर बसेर बाध्य भएर बाहिर गएका छन् । त्यसलाई रोक्नको लागि पनि कृषिमा क्रान्ति ल्याउनु जरुरी छ ।’ उहाँले माटोको परिक्षण गर्नका लागि ‘सोयल हेल्थ कार्ड’ को व्यवस्था गर्नु जरुरी रहेको बताउनुभयो । सोयल हेल्थ कार्डको व्यवस्था गर्न सके कस्तो खालको माटो छ र त्यस अनुसार मलको प्रयोग गर्न सकिने उहाँको भनाई छ । मन्त्री साहले कृषि मन्त्रालयले दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: