×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्री पहाडीको निर्देशन ! (भिडियो रिपोर्ट)

BIZBAZAR
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारीहरु स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
सरकारले निर्वाचनको घोषणा गरेको सन्दर्भमा कर्मचारीहरुसँग बसेर काम गर्नुपर्ने र संघीयताको प्रभावकारी कार्यान्वयन गर्नु यस मन्त्रालयको जिम्मेवारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा कर्मचारीसँग बसेर काम गर्ने जिम्मेवारी छ । संघीयताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ । सँगसँगै विकास निर्माणको कामपनि जोडिन्छन् । सेवा प्रवाहमा हामीले एकदमै राम्रो ढंगले सेवा दिन सकुँ । हामीले गर्ने कामहरुको गुणस्तरीयता पनि निकाल्नुपर्ने हुन्छ ।’
मन्त्री पहाडीले यस मन्त्रालय अन्र्तगत राष्ट्रिय गौरवका आयोजनाहरु पनि जोडिने भएकाले निर्धारित समयमा काम सम्पन्न गर्ने, लागत बढ्न नदिने र त्यसको गुणस्तरीयता कायम गर्ने कुरामा ध्यान दिए कामको प्रतिफल राम्रो निकाल्न सकिने पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal