- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारणसभा आज आइतबार बस्दै छ । कम्पनीको सभा बिहान ११ बजे केन्द्रिय कार्यालय राजविराज सप्तरीमा बस्ने भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ भने कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाको लागि कम्पनीको बुक क्लोज जेठ २४ गते बन्द भइसकेको छ ।