×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डले दियो निष्काशनको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डले दियो निष्काशनको अनुमति

Artha Sarokar

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा उक्त ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
बैंकले १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्ने भने बाँकी १८ लाख इकाई भने आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा बैंकले वार्षिक ८% ब्याजदर दिने जनाएको छ । 
बैंकले ७ वर्ष अवधिको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी