- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई १००% हकप्रद निष्कासनको लागि स्वीकृति दिएको छ । कमजोर वित्तीय अवस्था भएको भन्दै राष्ट्र बैंकले १००% हकप्रद निष्कासनको लागि स्वीकृति दिएको हो ।
राष्ट्र बैंकले यसअघि बैंकको गत माघ १६ गते सम्पन्न वार्षिकसाधारण सभाले १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेकोमा १००% हकप्रद निष्कासनको लागि स्वीकृति दिएको हो ।
बैंकले अब हाल कायम चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँबाट १००% हकप्रद निष्कासन गर्ने प्रकृया अघि बढाउनेछ । यसअघि बैंकले गत माघ १३ गतेबाट फागुन ३ गतेसम्म १००% हकप्रद सेयर निष्कासन गरेको थियो ।