×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी स्थानहरुबाट भर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ असार २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी स्थानहरुबाट भर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो । 
कम्पनीले एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सो सेयर किन्न दिन सक्नेछन् । यसमा असार १६ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने कम्पनीले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: