×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको साधारणसभा असार ३१ गते हुने, १५.५% बोनस र ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

GLOBAL IME BANK

नेको इन्स्योरेन्सको साधारणसभा असार ३१ गते हुने, १५.५% बोनस र ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सभा कम्पनीको भवन ज्ञानेश्वरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । 
कम्पनीले सभामा १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको पूँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: