×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

नेपाल चिकित्सक संघद्वारा ३० करोड मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग, स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर सम्बन्धी तालिम पनि दिंदै (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्यसंस्थामा तिस करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी संघले देशभरका २०० भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएको हो ।
चु ची फाउन्डेशन ताईवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिई लगायत तिस करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघका महासचिव बद्री रिजालले बताउनुभयो । संघले कोभिड-१९ संक्रमणको महामारीलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर टेलिमेडिसिन सेवा र स्वास्थ्यकर्मीहरुलाई क्रिटिकल केयर सम्बन्धी तालिम लगायतको सेवा दिइरहेको पनि जनाएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: