- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको साधारणसभा बसेको छ । कम्पनीको सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजेदेखि बसेको हो । सभामा कम्पनीले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव राखेको छैन । जसअनुसार यो वर्ष संस्थाका सेयरधनीको हात खाली हुने भएको छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ भने आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छ । साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेलगायतका एजेन्डा छ ।