- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको १४% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको भाउ ५४९ रुपैयाँ निर्धारण भएको छ । सोहि भाउलाई आधार मानेर आज कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले ६२६ को आधारमा मूल्य समायोजन गरेको हो ।