Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कसको भाउ कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५ लाख ४४ हजार बढी कित्ता संस्थापक सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको उक्त सेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन  पाइने भएको हो ।
बैंकले आरएमडीसी लघुवित्तको ४ लाख २७ हजार ५९५, मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ र महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको सेयरमा ५७२ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ८०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK