×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र आइतबारदेखि बिक्री गर्ने, २५ कित्तादेखि भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भोलि आइतबार असार ६ गतेदेखि एनआइसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख इकाई ‘एनआइसी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । कुल ३० लाख इकाईमध्ये १२ लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले यस ऋणपत्रमा वार्षिक व्याजदर ८.५% दिने जनाएको छ भने ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने कियर एनपी सिंगल ए रेटिङ प्रदान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: