×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एसिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाई आजदेखि बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एसिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाईमा आजदेखि आवेदन दिन सकिने भएको छ । एनआईसी एसिया क्यापिटलले आजबाट प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।
निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् ।
सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: