×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लघुवित्तको संस्थापक सेयर बिक्री खुला, कुनको मूल्य कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आज आइतबारदेखि आफ्नो स्वामित्वमा रहेको झन्दै ४ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र महुली लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरोको सेयरमा ५७५ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ७६८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्  भने असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 
इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: