×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

निषेधाज्ञाको समयमा पनि घरमै बसेर यसरी लिनुहोस् स्थायीलेखा नम्बर

BIZBAZAR
तनहुँ । आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नं लिएका छन् । बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नं लिएका हुन् । कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नं उपलब्ध हुने सो कार्यालयले जनाएको छ ।
बनेको पान नं पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । तत्काललाई नं मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिएमा कार्यालय खुलेको समयमा आएर लैजान सकिने व्यवस्था मिलाइएको छ । दोस्रो लहरको भेरियन्टसहितको कोरोनाबाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालयले गते वैशाख २२ गते रातिदेखि बन्दाबन्दीको आह्वान गरेपछि जिल्लाका सबै व्यवसाय ठप्प छन् । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal