×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : झलारीस्थित एनएमबी बैंकमा लामबद्ध सेवाग्राही, समयमै पानी परेपछि धान रोप्दै डोटीका किसान

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : झलारीस्थित एनएमबी बैंकमा लामबद्ध सेवाग्राही, समयमै पानी परेपछि धान रोप्दै डोटीका किसान

अर्थ सरोकार

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कंचनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजारमा रहेको एनएमबी बैंकमा लामबद्ध सेवाग्राहीदेखि समयमै वर्षात्  भएकाले डोटीको जोरायल गाउँपालिका–५, गड्सेरामा धान रोप्दै गरेका किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजारमा रहेको एनएमबी बैंकमा लामबद्ध सेवाग्राही  । लामो समयपछि बैंक खुलेकाले सेवाग्राहीको भीड बढेको हो ।
समयमै वर्षात्  भएकाले डोटीको जोरायल गाउँपालिका–५, गड्सेरामा धान रोप्दै किसान ।
कटानको जोखिममा रहेको मङ्गला गाउँपालिका–५ हाँडेभिरस्थित म्याग्दी नदीको किनारमा ग्यावियन पर्खाल निर्माण गरिँदै । गाउँपालिका, प्रदेश र सङ्घ सरकारको लगानीमा हाँडेभिरमा नदी नियन्त्रण आयोजना सञ्चालन भएको छ ।
कुशे गाउँपालिकाबाट उपचारका लागि स्टेचरमा बिरामी बोकेर  जिल्ला अस्पताल ल्याइँदै । कुशे गाउँपालिकामा स्वास्थ्य संस्था भएपनि डाक्टर नहुँदा बिरामी  सदरमुकाम नजिकै अस्पतालमा ल्याएर उपचार गरिन्छ ।  
कैलालीको टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आएका नागरिकको भीड । सरकारले ६० देखि ६४ वर्षका नागरिकलाई आजबाट खोप लगाउन थालेको छ  । कोरोनाको सङ्क्रमण बढिरहेको बेला  खोप केन्द्रमा सामाजिक दूरी कायम गरेको भने देखिएन  । 
म्याग्दीको रघुगङ्गा गाउँपालिका– ८ पात्लेखर्कका युवा भीरमा  मह काढ्न डोरीलगायत सामग्री लिएर जाने क्रममा नरपट्टा खोलाको साँघु जोखिम मोलेर तर्दै । वर्षको दुई पटक यहाँ भीर मौरीको मह काट्ने गरिन्छ । त
नेपालगञ्जमा पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गर्दै प्रहरी प्रशासनसहित नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङ टोल टोलमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्दै । जिल्लाकै कान्छो जनप्रतिनिधि रहेका गुरुङ विकास निर्माणका कार्यमा जोड दिँदै आएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: