×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

देश बोल्ने फोटो कथा : तनहुँको व्यासमा धान गोडमेलमा व्यस्त महिला, लमजुङ बेँसीशहरमा पसल बन्द गराउँदै हिडेका प्रहरी

BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँको व्यासनगरपालिका–१३ स्थित छाब्दी खोला दोभान नजिकै धान बाली गोडमेल गरिरहेका महिलाहरुदेखि निषेधाज्ञाका जिल्ला प्रशासनद्वारा बेला बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला गर्न अनुमति दिएका खाद्यन्न तथा तरकारी पसल ९ बजेपछि लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ का बेँसीशहर बजार शनिबार बिहान सिटी फुक्दै पसल बन्द गराउँदै हिडेका प्रहरीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको व्यासनगरपालिका–१३ स्थित छाब्दी खोला दोभान नजिकै धान बाली गोडमेल गर्दै महिलाहरु । 
निषेधाज्ञाका जिल्ला प्रशासनद्वारा बेला बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला गर्न अनुमति दिएका खाद्यन्न तथा तरकारी पसल ९ बजेपछि लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ का बेँसीशहर बजार शनिबार बिहान सिटी फुक्दै पसल बन्द गराउँदै प्रहरी सडकमा । निषेधाज्ञाका बेला प्रहरीले दैनिक बिहान ९ बजेसँगै पसलहरु यसरी नै बन्द गराउँदै हिड्ने गर्दछ । 
निषेधाज्ञा र कोरोना सङ्क्रमणका बीच रोग भन्दा भोगको डरले जोखिम मोलेर लमजुङ बेँसीशहर बजारमा भिक्षा माग्दै आएका एक जोगीलाई शनिबार बिहान दान गर्दै एक महिला ।  घरघरमै माग्दै हिड्ने जोगीको पेशा नै भएपनि यस्तो बेला घरघरमै पुग्ने गर्दा सङ्क्रमण फैलाउने डर हुने गर्दछ । जोगी भने दुई छाक टार्नकै लागि बाध्यताले घरघरमै भिक्षा मागेर हिडिरहेको छ ।
विश्व वातावरण दिवस २०२१ माहामारी विरुद्ध हाम्रो अग्रसरता खानेपानी, सरसफाइ स्वच्छता भने मूल नारा साथ सवल नेपालद्वारा एसएनभी नेपालको सहयोग एवं खडक नगरपालीकाको समन्वयमा शनिबार सप्तरीको प्राथमिक स्वास्थय चौकी कल्याणपुरमा वृक्षरोपण गर्दै ।
गएको वैशाख १४ देखि जेठ ३१ गतेसम्म जारी निषेधाज्ञाले बन्द  सुर्खेतका सडक छेउछाउमा पशुचौपाया र  काम गरिहेका केही मजदूर भेटिन्छन् । बन्दले सबै क्षेत्र प्रभावित बनेको छ । 
निषेधाज्ञाका बेला लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ रहेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यालयबाट सेवा लिँदै सेवाग्राही महिला । निषेधाज्ञा तथा कोरोना सङ्क्रमणको जोखिमका बीचमा समेत  कार्यालयमा सेवाग्राही आउने गरेका छन् । 
छेडागाड नगरपालिका–८ पजारुस्थित गाउँमा रहेका देवल । ऐतिहासिक महत्वका देवल संरक्षणका अभावमा जीर्ण बन्दै गएका छन् ।
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा सूर्यमुखी बालीमा विषादी छर्कँदै कृषक । सूर्यमुखी खेतीमा कीराले आक्रमण गर्न थालेपछि भगाउन विषादी छर्किँदै ।
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित राम्चेडाँडासम्म पुग्ने सडक निर्माणका लागि राम्चे सामुदायिक वन क्षेत्रमा सडक खन्दै मजदूर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत नयाँ सडक निर्माणको काम धमाधम भइरहेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal