×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सिमरामा सुरु, लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गरिने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारणसभा आज असार ६ गते हुँदैछ । कम्पनीको सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि सुरु भएको हो ।  सभामा कम्पनीले गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ ।
बोनस सेयर वितरणपछि कायम हुने पूँजीमा संस्थापक सेयरधनीको हिस्सा ५१% र सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने एजेन्डा पनि छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेबारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । सभाको लागि कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: