×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र, यस्तो छ कारण

BIZBAZAR
राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित हटिया बजार व्यवस्थित गर्न निर्माण सुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ । राजविराज बजारलाई व्यवस्थित गर्नका लागि सुरु गरिएको दुईतले शपिङ कम्प्लेक्स निर्माण गर्न बजेट अभाव रहेको भन्दै करीब पाँच/छ महिनादेखि काम बन्द रहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शहरी विकास मन्त्रालयले राजविराजस्थित हटियामा निर्माण भइरहेको शपिङ कम्प्लेक्स निर्माणका लागि बजेट नदिएको भन्दै बाध्य भएर अहिले सबै काम ठप्प गरिएपछि कामकाज अलपत्र अवस्थामा छ ।’मन्त्रालायबाट बजेट दिएपछि पुनर्निर्माण गर्ने भन्दै अहिले कोरोना महामारीको कारण देखाउँदै निर्माण कम्पनीले समेत भवन निर्माण अवरुद्ध गरेपछि कामकाज ठप्प रहेको उहाँको भनाइ छ । दुई महिनादेखि बन्दाबन्दीका कारण अवरुद्ध रहेको हटिया बजार व्यवस्थित गर्ने निर्माणको काम अहिलेसम्म सुरु गरिएको छैन ।
नगरपालिकाले वडा नं ७ हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन शहरी विकास कार्यक्रमअन्तर्गत पाएको कूल ३५ करोडअन्तर्गत १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न दुईतले शपिङ कम्प्लेक्स निर्माणको काम सुरु गरेको थियो । अहिले शहरी विकास मन्त्रालयले समयमा बजेट नदिएकाले अभावमा यहाँको निर्माण अलपत्र अवस्थामा रहेको नगरवासीको भनाइ छ ।
राजविराज हटिया व्यवस्थित गर्नका लागि कूल ३०८ कोठा रहने गरी दुईतले भवन निर्माण तीन वर्षभित्र गर्नुपर्ने थियो । दुई वर्ष बिते पनि निर्माण कार्य अहिलेसम्म सकिएको छैन । त्यसअनुसार भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोशन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण कार्य थालिएको थियो । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal