×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले मंगलबारदेखि २५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याजदर ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय वाणिज्य बैंकले मंगलबारदेखि २५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याजदर ? (विस्तृत विवरणसहित)

Artha Sarokar

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले भोलि मंगलबार अर्थात जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको हो ।
जसमा १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले वार्षिक ८.५% ब्याजदरमा ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ जारी गर्न लागेको हो ।
लगानीकर्ताले सो ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी सिंगल ए प्लस रेटिङ प्रदान गरेको छ । जेठ २८ गतेसम्म सबै ऋणपत्र बिक्री नभएमा असार ८ गतेसम्म बिक्री खुला हुनेछ । बैंकले ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी