×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

घट्यो वैदेशिक रोजगारीमा जाने युवाको संख्या, १० महिनाको अवधिमा ६०% ले गिरावट !

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै घटेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वैदेशिक रोजगारीमा जानेको संख्या ६० प्रतिशतले घटेको पाइएको हो । 
गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालु आवको सोही अवधिमा ६० प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा छ । 
सामान्य अवस्थामा भने करिब ४ लाखदेखि ५ लाखको संख्यामा नेपाल वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुग्ने गरेका थिए । तर कोरोनाको संक्रमणले त्यो संख्या घटेको छ ।  
यता आर्थिक वर्ष २०७६/७७ को १० महिनामा १ लाख ९३ हजार ८ सय ८० नेपाली श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए । चालु आवको सोही अवधिमा भने ७७ हजार १२ जना मात्रै विदेशिएको बताइएको छ । यस्तै विदेशबाट विदामा आएका र पुनः श्रम गर्न जानेको संख्या पनि चालु आवमा ४९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal