×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

वैदेशिक रोजगारी त्यागेर नेपाल फर्किएका बाँकेका युवाको सुन्दर कथा, यसरी सुरु गरे लोभ लाग्दो तरकारी खेती (भिडियो)

BIZBAZAR
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
बाँके । वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेति गरेर राम्रो आम्दानी गरेका छन् । उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी जहिल्यै कुहिएरजान थालेपछि खेर गएका कोकाकोला, पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने युवा कृषक तुल्सीरामको भनाइ छ । 
बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम थारु ४ बर्ष वैदेशिक रोजगारमा काम गरेर घर फर्केका हुन् । उनी अहिले ११ कट्ठा जमिनमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । यस वर्ष २ कट्ठा जमिनमा करेला खेती गरेर करिब १८ क्विन्टल करेला बिक्रि गरिसकेका छन् भने अझै पनि बिक्रि गर्न सकिने गरी उत्पादन भइरहेको छ, विक्रि पनि गरिरहेका छन् । तरकारी खेतिका लागि बनाइएको टनेलमा प्रयोग गरीने डोरी एक महिनामै कुहिएर जान थालेपछि उनले कोकाकोला र पेप्सीको बोतलबाट डोरी बनाएर टनेलमा प्रयोग गरिरहेका छन् । तरकारी खेतिमा उनले विषादी प्रयोग नगरेको र अर्गानिक तरकारी उ त्पादन गरीरहेको बताउँछन् । 
युवा कृषक तुल्सीरामलाई प्रदेश सरकारले सञ्चालन गरेको स्मार्ट कृषि गाँउबाट तरकारी खेतिका लागि प्रयोग हुने हरेक सामग्रीउपलब्ध गराएको छ । उनको तरकारी खेतिमा करेलासँगै काँक्रो, खुर्सानी, लौका, भिन्डी,फर्सि लगायतका तरकारीहरु छन् । प्रदेश सरकारबाट अनुदान सहितको सहयोग पाइरहेको उनले बताए । कृषक तुल्सीराम आफुले कृषिमा मेहनत गरिरहेको बताउँछन् । सरकारले वातावरण बनाइ दिए युवाहरु कृषि पेसामा आवद्ध हुने उनको भनाई छ । उनी युवाहरुलाई विदेश नजानको निम्ति आग्रहगर्छन् । नेपालमै बसेर अर्गानिक तरकारी उत्पादन गरी आम नेपालीलाई निरोगी बनाउन युवाहरुले भुमिका खेल्नुपर्ने उनले बताए ।
सिर्जनशिल भएर इमान्दारपूर्वक कृषि पेशामा संलग्न हुन सके दैनिक जीवनयापन गर्न मात्रै होइन, राम्रै आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन् तुल्सीराम । त्यसो त युवाहरुलाई कृषिमा आकर्षित गर्न तथा कृषि पेशामा टिकीरहनका लागि युवाहरुलाई तिनै तहको सरकारले आवश्यकता अनुसार सहजीकरण तथा सहयोग गर्नुपनि उत्तिकै आवश्यकता छ । पछिल्लो समयमा त झनै कृषक र कृषि पेशाको आवश्यकता र महत्व बढ्दै गएको छ । तसर्थ युवाहरुलाई कृषिमा समावेश गराउनको लागि सरकारले वास्तविक किसानलाई पहिचान गरी अनुदान दिने, उत्पादित वस्तुको बजारीकरण गर्न सहयोगको आवश्यकता देखिन्छ । हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal