×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

आइतबारदेखि सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोड रुपैयाँको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला हुने, ब्याज कति ?

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आइतबार असार ६ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँमा १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले ३ लाख इकाईमा सर्वसाधारणका लागि छुट्याएको छ भने बाँकी ४ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
यस्तै बैंकको ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् भने बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal