×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सानिमा जनरल इन्स्योरेन्सद्वारा स्थगित साधारणसभा असार २३ गतेका लागि आह्वान, के-के छन् एजेन्डा ?

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा पुनः बोलाएको छ । कम्पनीले सभा असार २३ गते केन्द्रीय कार्यालय कमलादीमा बिहान १०ः३० बजे बोलाएको हो । सभा भर्चुअल माध्यमबाट बोलाइएको हो । 
सभामा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणकोलगायतका प्रस्ताव छलफल हुनेछ । यस्तै सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।
सभाका लागि कम्पनीले बैशाख २९ बुधबारदेखि सभा हुने मिति जेठ ११ गते मंगलबारसम्म बुक क्लोज गर्ने गरेको थियो । बैशाख २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal